लेख विवरण

बंगलादेश क्रिकेटलाई ठूलो झटका : शाकिब अल हसनमाथि आजीवन प्रतिबन्ध

बंगलादेश क्रिकेटलाई ठूलो झटका : शाकिब अल हसनमाथि आजीवन प्रतिबन्ध

ढाका – बंगलादेश क्रिकेटका दिग्गज अलराउन्डर शाकिब अल हसनलाई राजनीति–खेलकुदको उठापटकबीच आजीवन प्रतिबन्ध लगाइएको छ। बंगलादेशका खेल सल्लाहकार आसिफ महमूदले उनलाई राष्ट्रिय टिमका लागि कहिल्यै नखेल्ने गरी प्रतिबन्धित गरिएको घोषणा गरेका हुन्।

शाकिबमाथि यो कारबाही पूर्व प्रधानमन्त्री शेख हसीनासँगको निकट सम्बन्धका कारण भएको बताइन्छ। अवामी लीगका सांसदसमेत रहेका शाकिब हालैको सत्ता परिवर्तनपछि विवादमा तानिएका थिए। शेख हसीनाको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिएको पोस्ट नै उनको करियर समाप्त हुने प्रमुख कारण बनेको बताइएको छ।

खेल सल्लाहकार महमूदले सार्वजनिक रूपमा भने, “अब शाकिब कहिल्यै बंगलादेशी जर्सीमा देखिने छैनन्। उनी फेरि राष्ट्रिय झण्डा बोकेर मैदानमा प्रवेश गर्ने सम्भावना शून्य छ।”

शाकिबको शानदार करियर

शाकिबले सन् २००६ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए र दुई दशकसम्म बंगलादेश क्रिकेटको आधारस्तम्भ बने।

  • टेस्ट : ७१ खेल, ४६०९ रन, २४६ विकेट

  • वनडे : २३७ खेल, ७५७० रन, ३१७ विकेट

  • टी२०आई : २५५१ रन, १२९ विकेट

उनलाई विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्ये एक मानिन्छ। उनी आईपीएलदेखि विश्वका ठूला टी२० लिगसम्म चम्किएका तारा पनि हुन्।

शाकिबको आजीवन प्रतिबन्धले बंगलादेश क्रिकेटमा ठूलो खाडल सिर्जना भएको छ। टीमले पहिले नै अनुभव र निरन्तरताको अभाव झेलिरहेको अवस्थामा, शाकिबजस्तो खेलाडीको अनुपस्थितिले टोलीलाई मानसिक र प्राविधिक दुवै पक्षमा कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ।

विशेषज्ञहरूले खेललाई राजनीतिबाट अलग राख्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। तर, बंगलादेशमा हाल देखिएको परिस्थिति उल्टो छ। शाकिबको प्रतिबन्ध खेल र राजनीति मिल्दैन भन्ने गम्भीर सन्देशका रूपमा लिइएको छ।

 a

टिप्पणी लेख्नुहोस्

Please Login to comment.