आईसीसी महिला वनडे विश्वकप : अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्दै
इन्दौर – आईसीसी महिला वनडे विश्वकप २०२५ अन्तर्गत अष्ट्रेलिया र न्युजिल्यान्डबीचको रोमाञ्चक भिडन्त इन्दौरको होलकर स्टेडियममा सुरु भएको छ। अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ र एक ओभर सकिँदा बिना क्षति ०/० रन बनाएको छ। कप्तान एलिसा हीली र फोएबे लिचफिल्ड सुरुवाती साझेदारीमा क्रिजमा छन्।
बुधबार इन्दौरमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ, जसले खेलमा असर पार्ने सम्भावना छ। अष्ट्रेलियाले अहिलेसम्म ७ पटक महिला विश्वकप जितेको छ र २ पटक रनरअप बनेको छ। न्युजिल्यान्डले भने सन् २००० मा एक पटक उपाधि हात पारेको थियो।
आजको प्लेइङ ११
अष्ट्रेलिया: एलिसा हीली (कप्तान/विकेटकिपर), फोएबे लिचफिल्ड, जर्जिया वोल, एलिस पेरी, बेथ मूनी, एशले गार्डनर, ताहलिया म्याकग्रा, जर्जिया वेयरह्याम, अलाना किंग, किम गर्थ, मेगन शट।
न्युजिल्यान्ड: सोफी डिभाइन (कप्तान), सूजी बेट्स, जर्जिया प्लिमर, एमेलिया केर, ब्रुक हलिडे, म्याडी ग्रिन, इसाबेला गेज (विकेटकिपर), जेस केर, फ्लोरा डेभोन्शायर, ब्रि इलिङ, ली ताहुहु।
अष्ट्रेलिया विरुद्ध न्युजिल्यान्ड – हेड टु हेड
-
कुल १३५ खेल : अष्ट्रेलिया १०२ जित, न्युजिल्यान्ड ३१ जित, २ बराबरी।
-
विश्वकपमा १६ खेल : अष्ट्रेलिया १३ जित, न्युजिल्यान्ड ३ जित।
इतिहासमा अष्ट्रेलियाको दबदबा स्पष्ट छ, ७५% खेलमा टोली विजयी भएका छन्।
हालको प्रदर्शन
-
अष्ट्रेलिया :
-
बेथ मूनीले यस वर्ष सर्वाधिक ३२३ रन बनाएकी छन् (१ शतक, २ अर्धशतक) र भारतविरुद्ध ५७ बलमा शतक प्रहार गरेकी थिइन्।
-
अलाना किंग हालसम्म १२ विकेटसहित टोलीकी शीर्ष बलर बनेकी छन्।
-
-
न्युजिल्यान्ड :
-
यस वर्ष केवल ३ वनडे खेलेको छ।
-
जर्जिया प्लिमरले सर्वाधिक १४० रन बनाएकी छन्।
-
ईडन कार्सन ४ विकेटसहित शीर्ष बलर रहेकी छन्।
-

टिप्पणी लेख्नुहोस्