नेपाली महिला फुटबल टोलीकी कप्तान अञ्जिला सुब्बा भारतको सेथु एफसीमा आवद्ध
काठमाडौंँ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर तथा कप्तान अञ्जिला तुम्बापो सुब्बा भारतको सेथु एफसी (Sethu FC) मा आवद्ध भएकी छन्। उनले अर्ध–सिजनका लागि क्लबमा करार गर्दै प्रशिक्षण पनि सुरु गरिसकेकी छन्।
यो उनको भारतीय महिला लिग (IWL) मा तेस्रोपटकको सहभागिता हो। अञ्जिलाले गत सिजन (२०२३–२४) मा पनि सेथु एफसीकै कप्तानी गरेका थिइन्।
नयाँ यात्राबारे बोल्दै उनले भनिन्: “अहिलेलाई म सेथु एफसीसँग खेल्छु, तर सिजनको मध्यतिर युरोपियन क्लबमा फर्किनेछु।”
नेपालकी स्थायी गोलकिपरको रूपमा चिनिएकी अञ्जिला हाल भारतीय लिगमा अनुभव संकलन गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि देशलाई बलियो बनाउन तयार भएकी छन्।

टिप्पणी लेख्नुहोस्