लेख विवरण

नेपालका दुई युवा चेस खेलाडी विश्व युवा च्याम्पियनशिपका लागि अल्बानिया प्रस्थान

नेपालका दुई युवा चेस खेलाडी विश्व युवा च्याम्पियनशिपका लागि अल्बानिया प्रस्थान

काठमाडौंँ।नेपालका दुई प्रतिभावान युवा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवाल (U-18) र एआइएम अभीक शाह (U-16) अल्बानियाको डुरेसमा हुने फिडे वर्ल्ड युथ चेस च्याम्पियनशिप २०२५ मा सहभागी हुन प्रस्थान गरेका छन्।

अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने यो प्रतिष्ठित प्रतियोगितामा ८० राष्ट्रका ७२० खेलाडीबीच ११ चरणको स्विस प्रणाली अनुसार प्रतिस्पर्धा हुनेछ।

सिएम पुरुषोत्तम सिलवाल (FIDE 2129) ले U-18 समूहमा २२९ औं वरियताबाट प्रतिस्पर्धा गर्ने छन् भने एआइएम अभीक शाह (FIDE 1928) ले U-16 समूहमा ४२५ औं वरियताबाट खेल्नेछन्।

खेलको नियमअनुसार पहिलो ४० चालका लागि ९० मिनेट, त्यसपछि ३० मिनेट थप समय रहनेछ र हरेक चालमा ३० सेकेन्डको इन्क्रिमेन्ट दिइनेछ।

प्रतियोगिता फिडेअल्बानिया चेस महासंघको संयुक्त आयोजनामा हुनेछ। प्रस्थानको अवसरमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनसहित पदाधिकारी तथा अभिभावकहरूले खेलाडीलाई शुभकामना सहित विदाई गरेका थिए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.