युरोपा लिग : एस्टन भिल्लाको शानदार जित, फरेस्ट, रेन्जर्स र सेल्टिक पराजित
काठमाडौं। एस्टन भिल्लाले बिहीबार राति युरोपा लिगमा नेदरल्यान्ड्सको फेयेनेर्डलाई २-० ले पराजित गरेको छ भने, नटिङ्घम फरेस्ट, रेन्जर्स र सेल्टिक भने पराजित भए।
रोटरड्याममा भएको खेलमा एमी बुएन्डियाले २० यार्ड टाढाबाट गोल गरे भने कप्तान जोन म्याकगिनले दोस्रो गोल गर्दै भिल्लालाई जित दिलाए। १९८२ को युरोपियन कप जितेको मैदानमा भिल्लाको यो विजयी पुनरागमन हो।
यसैबीच, नटिङ्घम फरेस्ट घरेलु मैदानमा डेनिस क्लब मिड्टजिलान्डसँग ३-२ ले पराजित भयो। कमजोर डिफेन्सका कारण फरेस्टले तीन गोल खान पुग्यो।
रेन्जर्सले पनि अस्ट्रियाको स्टुर्म ग्राजसँग २-१ को हार व्यहोर्यो। टमी होरभात र ओटर किटेइसभिलिले गोल गरे भने ड्जेइडी गसामाको गोलले मात्र अन्तर घट्यो।
त्यस्तै, सेल्टिकले घरेलु मैदानमा ब्रागासँग २-० को हार बेहोरे। रिकार्डो होर्टा र गाब्रिए मार्टिनेजले गोल गर्दा विवादास्पद भिएआर निर्णयले केलिची इहेनाचोको बराबरी गोल अस्वीकार भएपछि सेल्टिकको खेल पल्टाउने प्रयास असफल भयो।
यसअघि, पोर्तो, लियोन र लिलले लगातार जित निकालेका छन् भने बासेल, रियल बेटिस र फेनरबाचेले सुरुवाती हारपछिको खेल जितेका छन्।

टिप्पणी लेख्नुहोस्