लेख विवरण

ओमानमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

ओमानमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं। ओमानमा हुने आईसीसी मेन्स टी–२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको छ।

वेस्टइन्डिजविरुद्ध युनिटी कप खेलेको टोलीबाट साहब आलमको स्थानमा सन्दीप लामिछानेले टोलीमा स्थान पाएका छन्।

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल ८ अक्टोबर २०२५ मा कुवेत विरुद्ध खेल्नेछ भने दोस्रो खेल १० अक्टोबर २०२५ मा जापानसँग हुनेछ। नेपाल समूह बी मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

हरेक समूहको विजेता र उपविजेताले सुपर सिक्स चरणमा स्थान बनाउने छन्। सुपर सिक्समा शीर्ष ३ स्थान बनाउने टोलीले भारत र श्रीलंका संयुक्त रुपमा आयोजना गर्ने २०२६ टी–२० विश्वकप खेल्ने अवसर पाउनेछ।

नेपालको टोली (Squad) :

  • कप्तान: रोहित पौडेल

  • उपकप्तान: दिपेन्द्र सिंह ऐरी

  • मोहम्मद आदिल आलम

  • लोकेश बम

  • कुषल भुर्तेल

  • गुल्सन झा

  • सुन्दीप जोरा

  • सन्दीप लामिछाने

  • सोमपाल कामी

  • करण केसी

  • कुषल मल्ल

  • ललित राजबंशी

  • आरिफ शेख

  • आसिफ शेख (विकेटकीपर)

  • नन्दन यादव

नेपालको टिमले ओमानमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको टिकटको लागि तयारी सुरु गरेको छ।

May be an image of American football and text that says "Sportsmala www.sportsmala.com CAN ICC MeNE MEN'ST2 WORLD WORLDCUP CUP ASIA ASIA&EAPQUALIFIER EAP QUALIFIER SOUAD RohitPaudel Rohit Paudel Nandan Yadav Dipendra S Airee (vc) Md Adil Alam Sandeep Lamichhane Sundeep Jora Aasif Sheikh Aarif Sheikh Kushal Bhurtel Lalit Rajbanshi Sompal Kami Gulsan Jha Karan KC Lokesh Bam Kushal Malla"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.