लेख विवरण

सन् २००६ को ऐतिहासिक खेल जब एकदिवसीय क्रिकेटमा बन्यो ८७२ रन, आजसम्मको अटुट किर्तिमान

सन् २००६ को ऐतिहासिक खेल जब एकदिवसीय क्रिकेटमा बन्यो ८७२ रन, आजसम्मको अटुट किर्तिमान

काठमाडौं – टेस्ट क्रिकेटलाई सधैं ‘धैर्यको खेल’ भनेर चिनिन्छ, जहाँ ब्याट्सम्यानले घण्टौं टिकेर रन बनाउँछन्। तर एकदिवसीय (वनडे) क्रिकेटमा सीमित ओभर र बलको दबाबबीच ३०० रन पार गर्नु नै चुनौतीपूर्ण मानिन्छ। यस्तोमा, यदि तपाईंलाई कसैले ८७२ रनको एकदिवसीय स्कोरको बारेमा भन्यो भने, विश्वास गर्न मुस्किल पर्ला। तर, यस्तो चमत्कार सन् २००६ मा अष्ट्रेलिया र दक्षिण अफ्रिका बीचको ऐतिहासिक भिडन्तमा सम्भव भएको थियो।

४३४ रन बनाएर पनि अष्ट्रेलिया हार्यो!

सन् २००६ को मार्च १२ मा जोहान्सबर्गमा भएको यो प्रतिस्पर्धा क्रिकेट इतिहासको सबैभन्दा रोचक खेलमध्ये एक बन्यो। अष्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ४३४ रन बनायो – त्यो समयको एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो स्कोर। कप्तान रिकी पोटिङको १६४ रन, एडम गिलक्रिस्टको ५५, साइमन कैटिचको ७९ र माइकल हसीको ८१ रनको योगदानले अष्ट्रेलियाले रनको पाहाड खडा गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका पोटिङले सोचेकै होलान्, "अब यो स्कोर कोई चेज गर्न सक्दैन।" तर, त्यही दिन इतिहास रचिन लागिरहेको थियो।

गिब्स र स्मिथले दिलाए जीतको स्वाद

दक्षिण अफ्रिका ४३५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिँदा सबैले हारको अपेक्षा गरिरहेका थिए। सुरुवात पनि खराब – ३ रनमै पहिलो विकेट गुम्यो। तर त्यसपछि कप्तान ग्रीम स्मिथ (९० रन) र हर्शल गिब्स (१७५ रन) ले यस्तो आक्रमक ब्याटिङ गरे कि अष्ट्रेलियाली बलरहरू चकित परे।

गिब्सले मात्र १११ बलमा १७५ रन बनाए, जसमा २१ चौका र ७ छक्का समावेश थिए। मार्क बाउचरको ५० रन, वान डर वेस्टहुइजन, जोहान वान डेर वाथ लगायतको योगदानले अन्ततः अफ्रिकी टोलीले ४३८/९ को स्कोर बनाएर लक्ष्य भेटायो।

अन्तिम ओभरमा रोमाञ्चक समापन

अन्तिम ओभरमा ६ रन आवश्यक थियो। ८ विकेट गुमाइसकेको टोलीको दबाब अझै चुलिएको थियो। तेस्रो बलमा विकेट जाँदा दर्शकको धडकन रोकिएजस्तो भयो। तर बाँकी दुई बलमा सहजै रन बनाएर दक्षिण अफ्रिकाले इतिहास रच्यो – ४३५ रन चेज गर्ने पहिलो टोलीको रूपमा।

कीर्तिमानहरू रचिएको रात

  • कुल रन: ८७२ (वनडे इतिहासमा सर्वाधिक)

  • कुल चौका: ८६

  • कुल छक्का: २६

  • म्यान अफ द म्याच: हर्शल गिब्स

  • जीत: दक्षिण अफ्रिका, १ विकेटले

आजसम्म अटुट यो कीर्तिमान

२ दशक नजिक पुग्दा पनि ८७२ रनको कुल स्कोर र ४३५ रनको सफल चेज को यो कीर्तिमान आजसम्म अटुट छ। टी-२०को युगमा जहाँ ठूलो स्कोर सामान्यजस्तै लाग्छ, त्यहाँ पनि यो ऐतिहासिक म्याचको रोमाञ्चकता र गम्भीरता अलगै छ।

अब हेर्न बाँकी छ – के भविष्यमा कुनै टिमले यो अद्वितीय कीर्तिमान तोड्न सक्नेछ?

टिप्पणी लेख्नुहोस्

Please Login to comment.