करातेमा ऐतिहासिक उपलब्धि: “हिमालयन वरियर” एरिका गुरुङको विश्वभरिमा दबदबा
काठमाडौँ, असोज १७ – नेपाली कराते खेलले आफ्नो इतिहासमा पहिलोपटक यति प्रखर र अन्तर्राष्ट्रिय उपस्थिति देखाएको छ, जुन सम्भव भएको छ कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका कोच कुशल श्रेष्ठको अथक मेहनत, समर्पण र नेतृत्वका कारण। सन् १९८१ (वि.सं. २०३८) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आधिकारिक रूपमा दर्ता भएको कराते खेलले पछिल्ला ३० महिनामा ऐतिहासिक मोड लिएको छ।
“हिमालयन वरियर” को उपनामले चिनिने एरिका गुरुङले नेपालको करातेलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याउँदै विश्व कराते नक्शामा नेपाललाई स्थायी स्थान दिलाएकी छन्। कोच श्रेष्ठको नेतृत्वमा यो सफलता अझ प्रभावशाली बनिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा दर्जनौं पदक
सन् २०२३ को सेप्टेम्बरदेखि २०२५ को अक्टोबर ४ सम्मको छोटो अवधिमा एरिका गुरुङले निम्न प्रमुख प्रतियोगिताहरूमा पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छन्:
| प्रतियोगिता | स्थान | पदक |
|---|---|---|
| १०औं विश्व शितोरियो कराते च्याम्पियनसिप | जाकार्ता | 🥇 स्वर्ण |
| १९औं एशियाली खेलकुद | हाङ्जाउ, चीन | 🥈 रजत |
| यूएसए ओपन कराते च्याम्पियनसिप | टेक्सास | 🥇 सीनियर, 🥈 U21 |
| WKF कराते १ लिग (U21) | फुजैराह, युएई | 🥈 रजत |
| WKF प्रिमियर लिग | मोरोक्को | 🥉 काँस्य |
| ८औं SAKF च्याम्पियनसिप | भूटान | 🥇 स्वर्ण |
| एशियन प्याचिफिक शितोरियो च्याम्पियनसिप | सिङ्गापुर | 🥇 स्वर्ण |
| अष्ट्रेलियन ओपन | सिड्नी | 🥇 स्वर्ण |
| थाइल्यान्ड ओपन | बैंकक | 🥇 स्वर्ण |
| ९औं SAKF च्याम्पियनसिप | कोलम्बो | 🥇 स्वर्ण |
| WKF सिरिज १ | क्वालालम्पुर, मलेसिया | 🥇 स्वर्ण |
यी सबै उपलब्धिहरूले न केवल एरिका र कोच श्रेष्ठको व्यक्तिगत सफलता दर्शाउँछ, तर नेपाली करातेको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमताको पनि पुष्टि गर्दछ।
राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान
एरिका गुरुङ र कोच श्रेष्ठको यस अभूतपूर्व सफलताले नेपाल कराते महासंघ मात्र नभई सम्पूर्ण नेपाली खेल क्षेत्रलाई उत्साहित र गर्वित बनाएको छ। करातेजस्तो व्यक्तिगत खेलमा निरन्तरता, प्रतिबद्धता र उत्कृष्टताको यस्तो उदाहरण कमै पाइन्छ।
नेपाल कराते महासंघले एरिका गुरुङ र कोच कुशल श्रेष्ठलाई सम्मान गर्दै निम्न बुँदाहरूमा आभार प्रकट गरेको छ:
-
अनुकरणीय समर्पण र अथक मेहनत
-
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बलियो बनाउनु
-
आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिनु
प्रेरणा र समर्थन
यस सफलता पछाडि राखेप (राष्ट्रिय खेलकुद परिषद्) तथा सदस्यसचिव टंकलाल घिसिङको सहयोग, समन्वय र प्रेरणा उल्लेखनीय रहेको महासंघले जनाएको छ।
"करातेमा नेपाली युगको नयाँ शुरुवात भएको छ।" – नेपाल कराते महासंघ

टिप्पणी लेख्नुहोस्