लेख विवरण

नेपाल बक्सिङ महासंघको विशेष साधारण सभा र विधान संशोधन सभा हुँदै

नेपाल बक्सिङ महासंघको विशेष साधारण सभा र विधान संशोधन सभा हुँदै

काठमाडौं, असोज २५ — नेपाल बक्सिङ महासंघले आफ्नो विशेष साधारण सभा एवं विधान संशोधन सभा असोज २९ गते बुधबार ललितपुरमा आयोजना गर्दैछ।

यस सम्बन्धमा असोज २२ गते बसेको केन्द्रीय कार्य समितिको आठौँ पूर्ण बैठकले महासंघ आवद्ध सम्पूर्ण प्रदेश बक्सिङ संघ, जिल्ला संघ, महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभामा उपस्थित हुने अनुरोध गरेको छ।

सभाको विवरण:

  • मिति: असोज २९ गते, २०८२ (अक्टोबर १५, २०२५)

  • स्थान: ललितपुर

  • समय: दिउँसो १:३० बजे

ऐजेण्डा:

१. वर्ल्ड बक्सिङ सम्बन्धमा छलफल
२. महासचिवको प्रतिवेदन
३. कोषाध्यक्षको प्रतिवेदन
४. अध्यक्षको सम्बोधन

नेपाल बक्सिङ महासंघले यस सभा मार्फत बक्सिङको विकास र व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू लिने तयारी गरेको छ।

महासंघले प्रदेश तथा जिल्ला संघहरू, पदाधिकारी र सदस्यहरूलाई आफ्नो उपस्थिति अनिवार्य गरी बक्सिङ क्षेत्रको प्रगतिको लागि साझा जिम्मेवारी पुरा गर्न आग्रह गरेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.