लेख विवरण

एनपिएलका लागि लुम्बिनी लायन्सले अष्ट्रेलियाली ब्याटर डार्शी शर्टलाई अनुबन्ध गर्‍यो

एनपिएलका लागि लुम्बिनी लायन्सले अष्ट्रेलियाली ब्याटर डार्शी शर्टलाई अनुबन्ध गर्‍यो

काठमाडौँ, असोज ३० गते ।
लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अष्ट्रेलियाली क्रिकेटर डार्शी शर्टलाई अनुबन्ध गरेको छ।

लुम्बिनी लायन्सले अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका शर्टलाई टिममा भित्र्याएको जानकारी दिंदै यसलाई टोलीका लागि ठूलो उपलब्धि भएको जनाएको छ।

बाँयाहाते ओपनिङ ब्याटर शर्टले सन् २०१८ देखि २०२० सम्म अष्ट्रेलियाबाट टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

३५ वर्षीय शर्टले विश्वका शीर्ष क्रिकेट लिगहरू — भारतीय प्रिमियर लिग (आइपिएल) र बिग ब्यास लिग (बीबीएल) मा समेत उत्कृष्ट प्रदर्शन गर्दै खेलको अनुभव बटुलेका छन्।

लुम्बिनी लायन्सले शर्टको आगमनले टोलीको ब्याटिङ लाइनअपलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.