एनपिएल फ्रेन्चाइज टोली कर्णाली याक्सलाई नेबिकोको सहप्रायोजन
काठमाडौँ, असोज ३० गते ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई नेबिको (NEBICO) ले सहप्रायोजन गर्ने भएको छ।
बिहीबार कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका प्रतिनिधि अशोक पोखरेलबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतापछि निर्देशक घिमिरेले देशको चुनौतीपूर्ण परिस्थितिमा क्रिकेटले नेपालीहरूलाई एकताबद्ध बनाउने माध्यम बनेको बताउँदै एनपिएल हुन लागेकोमा खुसी व्यक्त गरे।
त्यस्तै, नेबिकोका पोखरेलले कर्णाली याक्समार्फत एनपिएलजस्तो प्रतिष्ठित लिगसँग जोडिन पाउनु आफूहरूका लागि गौरवको क्षण भएको बताए।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुनेछ।
अघिल्लो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।
कर्णाली टोलीका मार्की खेलाडी सोमपाल कामी रहेका छन् भने ज्ञानेन्द्र मल्ल टोलीका मुख्य प्रशिक्षक हुन।

टिप्पणी लेख्नुहोस्