लेख विवरण

एएफसी एसियन कप छनोट खेल सकेर नेपाली टोली स्वदेश फर्कियो

एएफसी एसियन कप छनोट खेल सकेर नेपाली टोली स्वदेश फर्कियो

काठमाडौँ, असोज ३० गते ।
भियतनाममा सम्पन्न एएफसी एसियन कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूले स्वागत गरेका थिए।

नेपालले भियतनामसँग उसैको मैदानमा खेलेको ‘होम’ र ‘अवे’ दुवै खेलमा पराजय भोगेको थियो। मङ्गलबार राति भएको ‘होम म्याच’ मा नेपाल १–० गोलले पराजित भएको थियो भने गत बिहीबार खेलिएको पहिलो लेगमा भियतनामले ३–१ गोलले जित निकालेको थियो।

भियतनामविरुद्धको दोस्रो लेग नेपालमै हुनुपर्ने भए पनि दशरथ रङ्गशाला एएफसीबाट अयोग्य घोषित भएपछि नेपालले आफ्नो ‘होम म्याच’ समेत भियतनाममै खेल्नुपरेको थियो।

समूह ‘एफ’ मा रहेको नेपालले चार खेलमै हार बेहोरेको छ। यसअघि नेपालले लाओससँग २–१ र मलेसियासँग २–० ले पराजय खेपेको थियो।

यस समूहमा मलेसिया १२ अङ्कसहित शीर्ष स्थानमा, भियतनाम ९ अङ्कसहित दोस्रो स्थानमा, लाओस ३ अङ्कसहित तेस्रो स्थानमा र नेपाल अङ्कविहीन अवस्थामा रहेको छ।

समूहको शीर्ष टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपका लागि छनोट हुने छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.