टेबल टेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता पत्र हस्ताक्षर
काठमाडौं, असोज ३० गते ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच टेबल टेनिस एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ । स्ट्यागका अध्यक्ष राकेश महर्जन र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष सिन स्वेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार दुवै संस्थाले खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम कार्यक्रम, प्रतियोगितामा सहभागिता र प्रविधिक सहयोग जस्ता गतिविधिहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् । सम्झौता ३ वर्षका लागि कायम रहने छ ।
कार्यक्रम अस्ट्रेलियाको पर्थस्थित टेबलटेनिस वेस्टर्न अस्ट्रेलियामा भएको थियो । कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनको पनि रहेको उपस्थित थियो ।
यो सम्झौता टेबलटेनिस खेलको विकास, आपसी सम्बन्ध सुदृढीकरण र अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानका लागि एक महत्वपूर्ण कदम भएको स्ट्यागले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्