लेख विवरण

नेपालगन्जमा हुने लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको सह–प्रायोजन

नेपालगन्जमा हुने लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीको सह–प्रायोजन

धम्बोझी, असोज ३० गते । नेपालगन्जमा पहिलो पटक आयोजना हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्ड लाई अन्तर्राष्ट्रिय खेल ब्रान्ड केल्मी (Kelme) ले सह–प्रायोजन गर्ने भएको छ।

आगामी मङ्सिर १८ गते नेपालगन्जमा हुने अवार्ड कार्यक्रमका लागि बिहीबार सम्झौतापत्रमा आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको तर्फबाट नेपालगन्ज सोरुमकी प्रतिनिधि सिर्जना थपलियाले हस्ताक्षर गर्नुभयो।

सह–प्रायोजन सम्झौतापछि थपलियाले खेलकुद क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने अवसरमा जोडिन पाउँदा खुशी लागेको बताउनुभयो।
उहाँले भनिन्, “नेपालगन्जमा हुने यो अवार्ड निकै उत्कृष्ट पहल हो। यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबल बढाउन मद्दत गर्छ। आयोजकलाई धन्यवाद र कार्यक्रममा सफलताको शुभकामना दिन चाहन्छु।”

रङ्गशाला नेपाल मिडिया प्रालिको आयोजनामा हुन लागेको अवार्डमार्फत लुम्बिनी प्रदेशका खेलाडी र खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलताको कदर गरिनेछ।
कार्यक्रम संयोजक शाहका अनुसार अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, विशेष अवार्ड, र उत्कृष्ट टिम अवार्ड गरी चार विधामा सम्मान प्रदान गरिनेछ।

शाहले अन्तर्राष्ट्रिय खेल ब्रान्ड केल्मीको सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र प्रतिष्ठित बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले थप्नुभयो, “लुम्बिनी प्रदेश खेलकुदका दृष्टिले सशक्त प्रदेश हो तर यहाँ खेलाडी र खेलकर्मीलाई प्रेरित गर्ने कार्यक्रमहरू सीमित छन्। खेलकुदमा जीवन समर्पण गर्नेहरूलाई हौसला दिन यो अवार्ड आयोजना गर्न लागिएको हो।”

रङ्गशाला नेपाल मिडिया प्रालि सन् २०१६ (२०७३ जेठ १८) मा स्थापना भएको संस्था हो, जसले सञ्चार र खेलकुद क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.