एएफसी महिला यू–१७ एसियन कपमा नेपाल र तुर्कमेनिस्तान बराबरी
काठमाडौँ, असोज २९ गते ।
नेपालले एएफसी महिला यू–१७ एसियन कपको पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको छ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा बुधबार सम्पन्न समूह ‘एफ’को पहिलो खेलमा दुवै टोलीले वर्षाका कारण हिले बनेको मैदानमा निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि गोल गर्न नसकेपछि अंक बाँडेका हुन्। बराबरीसँगै नेपाल र तुर्कमेनिस्तानले एक–एक अंक हासिल गरेका छन्।
समूह ‘एफ’मा घरेलु टोली थाइल्यान्ड तीन अंकसहित शीर्ष स्थानमा छ। थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० गोलले पराजित गरेको थियो।
नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार थाइल्यान्डसँग खेल्नेछ।

टिप्पणी लेख्नुहोस्