लेख विवरण

राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीलाई ऐतिहासिक सफलतामा बधाई

राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीलाई ऐतिहासिक सफलतामा बधाई

काठमाडौँ, असोज २९ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक छनोट हुन सफल भएको ऐतिहासिक उपलब्धिमा हर्ष व्यक्त गर्दै टोलीका सबै खेलाडी, प्रशिक्षक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक बधाई दिनु भएको छ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै यो उपलब्धि नेपाली खेलकुद क्षेत्रका लागि गौरवपूर्ण क्षण भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नु भएको छ, “यो ऐतिहासिक सफलताका लागि तपाईंहरूको निरन्तर मेहनत, समर्पण र अनुशासन प्रशंसनीय छ।”

राष्ट्रपतिले नेपाली टोलीले प्रदर्शन गरेको सामूहिक भावना र प्रतिबद्धताले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उचो बनाएको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वमञ्चमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गर्नुभएको छ।

नेपालले हालै सम्पन्न एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भारत र श्रीलंकामा हुने टी–२० विश्वकप २०२६ का लागि छनोट सुनिश्चित गरेको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.