स्टीव वाको रातो रुमालः कप्तानी र ब्याटिङमा भाग्यको प्रतीक
काठमाडौं, अस्ट्रेलियाका पूर्व दायाँ–हाते बलर स्टीव वले आफ्नो शानदार प्रदर्शन र कप्तानीका कारण खेल जगतमा अर्कै छाप छोडेका छन्। वले मैदानमा कप्तानी गर्दा धेरै रेकर्ड कायम गरे, जसमा लगातार १६ टेस्ट जित्नु पनि समावेश छ। टेस्ट क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका वको भाग्यको प्रतीक रातो रुमाल थियो।
यो रुमाल उनले आफ्नो हजुरआमाबाट पाएका थिए। वलाई विश्वास थियो कि हजुरआमाको माया र यो अनमोल उपहारले उनको भाग्यको ढोका खोल्नेछ। मैदानमा झन्डा गाड्ने र कप्तानीमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा व सधैं आफ्नो प्यान्टको गोजीमा त्यो रातो रुमाल राख्थे।
स्टीव वको कप्तानीमा, १९९९ मा अस्ट्रेलियाले विश्व च्याम्पियनको उपाधि जित्यो। उनी मैदानमा हुँदा, ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै र आफ्नो रातो रुमालको साथले धेरै महत्वपूर्ण जितहरू दिलाए। वको नेतृत्वमा अस्ट्रेलियाले लगातार १६ टेस्ट जितेर विश्व रेकर्ड कायम गर्यो। कुल ५७ टेस्ट मध्ये ४१ मा अस्ट्रेलियाले विजय हात पार्यो।
क्रिकेट इतिहासमा व जस्ता धेरै खेलाडीहरू आफ्नै विशिष्ट मान्यता वा रीतचलनका कारण चर्चित छन्। कसैले हातमा कालो धागो बाँध्थे भने कसैले आफ्नो बाँया खुट्टामा पहिले प्याड लगाउँथे। वको रातो रुमाल त्यस्तै अनौठो विश्वासको प्रतीक बनेको थियो।

टिप्पणी लेख्नुहोस्