लेख विवरण

एशियन युथ गेम्सका लागि नेपाली युवा खेलाडी टोलीलाई एनओसी अध्यक्ष जीवनराम श्रेष्ठद्वारा विदाई

एशियन युथ गेम्सका लागि नेपाली युवा खेलाडी टोलीलाई एनओसी अध्यक्ष जीवनराम श्रेष्ठद्वारा विदाई

काठमाडौं, असोज ३२ —
आगामी सन् २०२५ अक्टोबर २२ देखि ३१ तारिखसम्म बहराइनमा आयोजना हुने एशियन युथ गेम्समा सहभागी हुन जाने नेपाली युवा खेलाडी तथा प्रशिक्षक टोलीलाई नेपाल ओलम्पिक समिति (एनओसी) का अध्यक्ष श्री जीवनराम श्रेष्ठले विदाई गरेका छन्।

टोलीको नेतृत्व एनओसीका कोषाध्यक्ष श्री ताशी घलेले “Chief de Mission” को रूपमा गर्ने छन् भने हेडक्वार्टर अफिसियल इन्द्र मल्ल रहने छन्।

जुडोमा समिता नेपाली सहभागी हुनेछन्, जससँग प्रशिक्षक देबकी माया श्रेष्ठ रहनेछन्।

स्विमिङ्गतर्फ अथर्व सिंह र आर्या महर्जन सहभागी हुनेछन्, जसको नेतृत्व प्रशिक्षक नयाँना शाक्यले गर्ने छन्।

ब्याडमिन्टनमा सुबिन श्रेष्ठ प्रशिक्षक तिलक पाण्डेको मार्गदर्शनमा प्रतिस्पर्धा गर्नेछन्।

मुवायतर्फ गेन्जी राई र पलिष्टा कक्षपती प्रशिक्षक भुपेश शाक्यसहित टोलीमा छन्।

गोल्फमा रुबेन थापा प्रशिक्षक ध्रुब बाबु थापासहित सहभागी हुने छन्।

त्यस्तै, ई–स्पोर्ट्समा काव्य राज आचार्य प्रशिक्षक अरुण मिश्र र टोली अफिसियल सिलु श्रेष्ठसँगै नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।

विदाई कार्यक्रममा अध्यक्ष श्रेष्ठले टोलीका सदस्यहरुलाई शुभकामना दिँदै भने, “यी युवा खेलाडीहरू हाम्रो भविष्यका आशा हुन्। उनीहरूले एशियन गेम्स र ओलम्पिकजस्ता ठूला मञ्चमा नेपालको गौरव वृद्धि गर्ने बाटो खोल्नेछन्।”

उनका अनुसार, एशियन युथ गेम्समा सहभागीता नेपालका नयाँ पुस्ताका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव र आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण अवसर हो।

विदाई कार्यक्रममा एनओसीका उपाध्यक्षहरू ज्योति राणा, चतुरानन्द राजवैद्य, गोपाल सुन्दर लाल कक्षपति, महासचिव राजीव श्रेष्ठ, सचिवहरू रामकृष्ण श्रेष्ठ र रमेश शिवाकोटी, साथै मानार्थ उपाध्यक्ष दीपक हर्ष बज्राचार्यको उपस्थिती रहेको थियो।

नेपाल ओलम्पिक समितिले सम्पूर्ण खेलाडी तथा प्रशिक्षक टोलीलाई सफल सहभागिता र उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.