नेपालले इरान र भारतविरुद्ध महिला फुटबल टोलीको घोषणा गर्यो
काठमाडौँ, कात्तिक १ गते । नेपालले कात्तिक ७ गते इरान र १० गते भारतसँग सिलोङमा मैत्रीपूर्ण महिला फुटबल खेल खेल्ने क्रममा २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सावित्रा भण्डारी ‘साम्बा’को कप्तानीमा यु–२० राष्ट्रिय टोलीका पूर्णिमा राई र मीना देउवालाई पनि टोलीमा समावेश गर्दै अन्तिम टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीहरूको प्रदर्शनका आधारमा अन्तिम २३ सदस्यीय टोली चयन गर्नुभएको हो ।
नेपालको महिला टोली:
सावित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता रानामगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, उषा नाथ।
यो टोलीले आगामी मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय अनुभव संकलन गर्दै आगामी प्रतियोगिताका लागि तयारी गर्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्