पहिलो पटक हुने टि–२० दृष्टिविहीन महिला विश्वकपका लागि राष्ट्रिय टोली घोषणा
काठमाडौं। दृष्टिविहीन क्रिकेट संघ नेपाल (Cricket Association of the Blind, Nepal – CAB, Nepal) ले पहिलो पटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ।
यो ऐतिहासिक प्रतियोगिता आगामी नोभेम्बर १२ देखि नोभेम्बर २३ सम्म भारत र श्रीलङ्कामा आयोजना हुनेछ। प्रारम्भिक रूपमा नेपाल विश्वकपका सह–आयोजक देशहरूमध्ये एकका रूपमा चयन गरिएको थियो, तर पछिल्लो राजनीतिक परिस्थितिका कारण प्रतियोगिताको आयोजना स्थल श्रीलङ्कामा सारिएको हो।
टोलीको मुख्य प्रशिक्षकमा पुरनसिंह खत्री, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला, र व्यवस्थापकमा भगवती भट्टarai बराललाई नियुक्त गरिएको छ।
दृष्टिविहीन महिला क्रिकेटको सुरुवात नेपालमै भएको हो। सन् २००६ मा दृष्टिविहीन क्रिकेट संघ, नेपालले पहिलो पटक महिला दृष्टिविहीन क्रिकेट सुरु गरेर विश्व क्रिकेटमा नयाँ युगको सुरुवात गरेको थियो। हाल यो पहल भारत, इङ्ग्ल्याण्ड, अस्ट्रेलिया, पाकिस्तान र अमेरिका सहित सात देशसम्म विस्तार भइसकेको छ।
घोषित १६ सदस्यीय नेपाली दृष्टिविहीन महिला राष्ट्रिय टोली यसप्रकार छ:
-
गीता पौडेल – कप्तान
-
विनिता पुन
-
विनिता सोमाई
-
दिल्ली सरा धमाला
-
देवकी थापा मगर
-
अङ्गिला ढकाल
-
मनकेशी चौधरी
-
कान्ती डगौरा
-
सरिता घिमिरे
-
सुनीता भुजेल
-
सुष्मा तामाङ
-
पुनम चौधरी
-
लक्ष्मी तामाङ
-
येसेरा माया लुङेली मगर
-
विमला राई
-
प्रतिभा राई
दृष्टिविहीन क्रिकेट संघ, नेपालले टोलीका खेलाडी र प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा प्रकट गरेको छ।

टिप्पणी लेख्नुहोस्