लेख विवरण

यूएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी बाहिरिए

यूएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी बाहिरिए

काठमाडौँ, कात्तिक १ गते । यूएईमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ टिम घोषणा गरेको छ। यस सिरिजमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

शनिबार सार्वजनिक गरिएको नेपाली टोलीमा केही नयाँ अनुहार समावेश भएका छन् भने अघिल्लो सिरिजका तीन खेलाडी बाहिरिएका छन्। ओमानमा सम्पन्न विश्वकप छनोट टुर्नामेन्टमा रहेका सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई यसपटक टोलीमा स्थान दिइएको छैन। उनीहरूको सट्टामा भीम सार्की, शाहब आलम र अनिल साह फर्किएका छन्।

मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीमा अनुभव र युवाशक्तिको सन्तुलन कायम गर्न प्रयास गरिएको बताए। “यूएईको पिच र अवस्था अनुसार टिम संयोजन गरिएको हो। नयाँ खेलाडीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ,” उनले भने।

लिग–२ अन्तर्गत यूएई र अमेरिकासँगको यो सिरिज कात्तिक ९ गतेदेखि १९ गतेसम्म यूएईमा हुने कार्यक्रम रहेको छ। नेपालले पहिलो खेल घरेलु टोली यूएईविरुद्ध खेल्नेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.