आर्सनल र म्यानचेस्टर सिटीको जित, प्रिमियर लिगमा प्रतिस्पर्धा तीव्र
काठमाडौँ, कात्तिक २ गते —
इङ्लिस प्रिमियर लिगमा शीर्ष टोली आर्सनल र म्यानचेस्टर सिटीले शनिबार राति जित निकाल्दै शीर्ष स्थानमा प्रतिस्पर्धा तीव्र बनाएका छन्।
आर्सनलले फुलहामलाई १–० गोलले पराजित गरेको हो। पाहुना टोली आर्सनलका लियान्ड्रो ट्रोसार्डले खेलको ५८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो।
जितसँगै आर्सनलले आठ खेलबाट १९ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ। पराजित फुलहमले समान खेलबाट ८ अङ्क जोड्दै १४औँ स्थानमा छ।
उता, शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० गोलले हराएको छ। सिटीका लागि अर्लिङ हालान्डले दुवै गोल गर्नुभयो।
विजयसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा १६ अङ्कसहित उभिएको छ भने तेस्रो स्थानमा लिभरपुल सात खेलबाट १५ अङ्कसहित रहेको छ।
एजेन्सी

टिप्पणी लेख्नुहोस्