बार्सिलोना शीर्षस्थानमा उक्लियो, जिरोनामाथि कठिन जित
काठमाडौँ, कात्तिक २ गते —
स्पेनिस ला लिगामा बार्सिलोना शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथि २–१ गोलले विजय हासिल गर्दै तालिकाको शिखर कब्जा गरेको हो।
बार्सिलोनाका लागि पेड्रीले खेलको १३औँ मिनेटमा पहिलो गोल गरे भने रोनाल्ड अराउजोले इन्जुरी समयमा निर्णायक गोल थपे।
जिरोनाका एक्सल विट्सलले २०औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए, तर अन्त्यमा बार्सिलोनाले पुनः अग्रता कायम गर्न सफल भयो।
जितसँगै बार्सिलोनाले ९ खेलबाट २२ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ अङ्क छ भने पराजित जिरोना ६ अङ्कसहित १९औँ स्थानमा छ।
एजेन्सी

टिप्पणी लेख्नुहोस्