हङकङ सिक्सेसका लागि शरद भेषावकरको कप्तानीमा नेपाली टिम घोषणा
काठमाडौँ, कात्तिक २ गते —
नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताका लागि सात सदस्यीय नेपाली टिम घोषणा गरेको छ।
शरद भेषावकरको कप्तानीमा घोषणा गरिएको टोलीमा सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह रहेका छन्।
क्यानका अनुसार, यस प्रतियोगिताको नेतृत्व गर्दै शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने तयारी समेत गरेका छन्।
क्रिकेट हङकङ चाइनाको आयोजनामा हुने यो प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुनेछ।
१२ राष्ट्र सहभागी हुने यो सिक्स-अ-साइड प्रतियोगितामा टिमहरू चार समूहमा विभाजन गरिएका छन्।
-
समूह ‘ए’ — नेपाल, दक्षिण अफ्रिका, अफगानिस्तान
-
समूह ‘बी’ — अस्ट्रेलिया, इङ्ल्याण्ड, यूएई
-
समूह ‘सी’ — भारत, पाकिस्तान, कुवेत
-
समूह ‘डी’ — श्रीलङ्का, बङ्गलादेश, हङकङ
प्रतियोगिताको प्रत्येक खेल ६ ओभरको हुनेछ र प्रत्येक टिममा ६ खेलाडीले खेल्ने प्रावधान छ।
यस प्रारूपलाई विश्वकै सबैभन्दा छोटो र मनोरञ्जनपूर्ण क्रिकेट ढाँचामध्ये एक मानिन्छ।

टिप्पणी लेख्नुहोस्