लेख विवरण

गौशालामा स्व. मुन्नी मिश्रि स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि आह्वान

गौशालामा स्व. मुन्नी मिश्रि स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि आह्वान

महोत्तरी। गौशाला नगरपालिका–१२, कान्तिबजार स्थित सामुदायिक विकास युवा क्लबले हिन्दुहरूको महान चाड छठ पर्वको अवसरमा आयोजना गर्न लागेको स्व. मुन्नी मिश्रि स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२मा इच्छुक क्लब तथा टोलीहरूको सहभागिताका लागि आह्वान गरेको छ।

प्रतियोगितामा सहभागिता निशुल्क हुनेछ। विजेतालाई प्रथम पुरस्कार रु. २२ हजार नगद, कप र मेडल, दोस्रो हुने टोलीलाई रु. ११ हजार नगद, कप र मेडल प्रदान गरिनेछ।

खेल नेपाल भलिबल संघको नियम अनुसार सञ्चालन हुनेछ र सबै खेलाडीले जर्सी अनिवार्य लगाउनुपर्नेछ। सहभागि टोलीले क्लबको लेटरहेडमा निवेदन र खेलाडीको नामावली २०८२/०७/०६ गते ३ बजे सम्म बुझाउनुपर्ने आयोजकले जनाएको छ।

खेल २०८२/०७/०७–०८ गते श्री राष्ट्रिय उ. मा. वि., कान्तिबजारमा सञ्चालन हुनेछ। प्रतियोगितामा मत विभाजन भएमा अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ।

आयोजक क्लबका अध्यक्ष सन्तोष सिंहका अनुसार, प्रतियोगिताले खेलकुद प्रवर्द्धन गर्दै स्व. मुन्नी मिश्रि स्मृतिमा सम्मान जनाउने उद्देश्य राखिएको छ।

थप जानकारीका लागि आयोजकसँग श्रवण सिंह (९७०५८५३७६५), रामकरण चौधरी (९८१३४९६७७७), सन्तोष सिंह (९७०५०३१००१) मा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.