काभा कप भलिबल : तुर्कमेनिस्तानसँग नेपाल पराजित
काठमाडौँ, कात्तिक ५ गते । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ।
ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपालले राम्रो प्रदर्शन गरे पनि तुर्कमेनिस्तानसँग सोझो सेटमा ३–० को हार व्यहोरेको हो।
तुर्कमेनिस्तानले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१८, र तेस्रो सेटमा २७–२५ को फराकिलो जित दर्ता गर्दै नेपाललाई पराजित गरेको हो।
अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने छ।

टिप्पणी लेख्नुहोस्