लेख विवरण

चितवन राइनोजद्वारा इङ्ल्यान्डका डेविड मलान अनुबन्ध, एनपीएलमा खेल्ने तयारी

चितवन राइनोजद्वारा इङ्ल्यान्डका डेविड मलान अनुबन्ध, एनपीएलमा खेल्ने तयारी

काठमाडौँ । चितवन राइनोजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि इङ्ल्यान्डका अनुभवी ब्याटर डेविड मलानलाई अनुबन्ध गरेको छ।

चितवनले मङ्गलवार सामाजिक सञ्जालमार्फत मलानलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो।

३८ वर्षीय बायाँ हाते ब्याटर मलानले अहिलेसम्म ६२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र १६ अर्धशतकसहित १ हजार ८९२ रन बनाएका छन्।

उनी सन् २०२२ मा इङ्ल्यान्डले ट्वान्टी–२० विश्वकप जित्दा टोलीका सदस्य थिए भने सन् २०२३ मा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा पनि सहभागी भएका थिए।

एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने तय भएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.