लेख विवरण

सिन्धुलीमा ‘जेनजी’ सहिद योगेन्द्र न्यौपानेको स्मृतिमा अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न, उपाधि तीनपाटन गाउँपालिकालाई

सिन्धुलीमा ‘जेनजी’ सहिद योगेन्द्र न्यौपानेको स्मृतिमा अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न, उपाधि तीनपाटन गाउँपालिकालाई

काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद बनेका योगेन्द्र न्यौपाने (रोशन)को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले जितेको छ।

गोलञ्जोर गाउँपालिका–१, च्याकुटारबेँसी खेलमैदानमा सम्पन्न फाइनल खेलमा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोलीले ‘बी’ टोलीलाई पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलञ्जोर गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो।

विजेता टोलीले नगद रु ७५ हजार, उपविजेताले रु ५५ हजार, तेस्रो टोलीले रु ३५ हजार र सान्त्वना टोलीले रु १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।
विजेता टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले प्रदान गर्नुभयो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कात्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीबीच प्रतिस्पर्धा भएको थियो।

‘जेनजी’ आन्दोलनका क्रममा सुशासनको माग गर्दै गत भदौ २३ गते नयाँ बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर निधन भएका सहिद योगेन्द्र न्यौपाने (रोशन) च्याकुटारबेँसीका बासिन्दा हुन्।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक–एक टोली, साथै गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई–दुई टोलीले सहभागिता जनाएका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.