लेख विवरण

गुल्मीमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, सन्दीप–इश्वर र बालसिंह–कुमार विजेता

गुल्मीमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, सन्दीप–इश्वर र बालसिंह–कुमार विजेता

गुल्मी, कात्तिक ४ गते। गुल्मीको तम्घासमा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा समूह ‘ए’ मा सन्दीप पुलामी र इश्वर विक, तथा समूह ‘बी’ मा बालसिंह काउछा र कुमार थापाले प्रथम स्थान हासिल गर्नुभएको छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित दिपावली र छठ पर्वको अवसरमा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा प्रतियोगिता आयोजना गरिएको हो।

जिल्ला ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता दुई समूहमा सम्पन्न भएको संघका सचिव चतुर्भुज पन्थीले जानकारी दिनुभयो।

समूह ‘ए’ मा नारायण जिसी र कृष्ण बहादुर थापा दोस्रो, जबकि राजन काउछा, दिपेन्द्र महतारा, गंगा सारु र डिबी थापा तेस्रो स्थानमा रहनुभएको थियो।

त्यसैगरी, समूह ‘बी’ मा होम पल्ली र राजन श्रेष्ठ दोस्रो र चतुर्भुज पन्थी, हरि पाण्डे, देवेन्द्र भलामी र महेश राजभण्डारी तेस्रो हुनुभएको थियो।

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्नेहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

संघका अध्यक्ष भरत थापाका अनुसार, चाडपर्व लक्षित ब्याडमिन्टन प्रतियोगिताको माध्यमबाट खेलाडीबीच आपसी सम्बन्ध मजबुत बनाउने र खेलप्रति सबैको रुचि बढाउने उद्देश्य राखिएको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.