लेख विवरण

पन्जाब किङ्सले साइराज बहुतुलेलाई नयाँ स्पिन बलिङ कोच नियुक्त गर्‍यो

पन्जाब किङ्सले साइराज बहुतुलेलाई नयाँ स्पिन बलिङ कोच नियुक्त गर्‍यो

चण्डीगढ । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज पन्जाब किङ्सले आगामी सिजनका लागि पूर्व भारतीय क्रिकेटर साइराज बहुतुलेलाई आफ्नो नयाँ स्पिन बलिङ कोच नियुक्त गरेको छ। ५२ वर्षीय बहुतुलेले यसअघि भारतका लागि दुई टेस्ट र आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले सुनील जोशीको स्थान लिनेछन्, जो सन् २०२३ देखि यो भूमिकामा थिए।

बहुतुले भारतीय घरेलु क्रिकेटका दिग्गज खेलाडी र अनुभवी प्रशिक्षकका रूपमा परिचित छन्। उनले यसअघि केरल, गुजरात, विदर्भ र बंगाल जस्ता राज्य टोलीहरूका साथै आईपीएलमा राजस्थान रोयल्ससँग पनि कोचिङको अनुभव बटुलेका छन्।

पन्जाब किङ्सका सीईओ सतीश मेननले बहुतुलेको स्वागत गर्दै भने, “हामी सुनील जोशीको समर्पण र योगदानका लागि हार्दिक धन्यवाद दिन्छौं। अब हामी हाम्रो कोचिङ टिममा साइराज बहुतुलेको आगमनबाट अत्यन्त उत्साहित छौं।”

पन्जाब किङ्सले गत सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको थियो। टोली अब आगामी सिजनमा आफ्नो बलिङ विभाग अझ सशक्त बनाउन चाहन्छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.