काठमाडौं । सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लिग (NPL)–सिजन २ का लागि न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ।
गत सिजन उत्कृष्ट प्रदर्शन गरेका कुगेलेइनले ९ खेलमा १७ विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। उनको तीव्र बलिङ र डेथ ओभरमा नियन्त्रण क्षमताले रोयल्सलाई बलियो बनाएको थियो।
रोयल्सले जारी सिजनमा पनि बलिङ आक्रमण सुदृढ बनाउन अनुभवी न्युजिल्यान्ड पेसरलाई पुनः टोलीमा राख्ने निर्णय गरेको हो।
कुगेलेइनले न्युजिल्यान्डका लागि टेस्ट, एकदिवसीय (ODI) र टी–२० अन्तर्राष्ट्रिय गरी तीनै फर्म्याटमा प्रतिनिधित्व गरिसकेका छन्। उनी विश्वभरका टी–२० लिगहरूमा पनि खेल्ने अनुभव राख्छन्, जसले सुदूरपश्चिमको बलिङ लाइनअपलाई थप सन्तुलन दिने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम रोयल्सका लागि यो पुनः अनुबन्धले आगामी एनपीएल सिजनमा बलिङ विभागलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
टिप्पणी लेख्नुहोस्