काठमाडौं । क्रिकेट एशोसिएशन अफ द ब्लाइण्ड, नेपाल (CAB, Nepal) ले विश्वकै पहिलो टी–२० दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी नोभेम्बर ११ देखि २३, २०२५ सम्म भारतका नयाँ दिल्ली र बेंगलोर तथा श्रीलंकाको कोलम्बोमा हुने तय भएको छ।
यस ऐतिहासिक प्रतियोगिताको भव्य उद्घाटन नयाँ दिल्लीमा हुनेछ, जहाँ भारत र श्रीलंकाबीचको उद्घाटन खेल खेलिनेछ। यस्तै, फाइनल खेल नोभेम्बर २३, २०२५ मा कोलम्बो (श्रीलंका)मा हुनेछ।
यो विश्वकपमा नेपाल, भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका (अमेरिका), पाकिस्तान, श्रीलंका र इङ्ग्ल्यान्ड गरी ७ देशका दृष्टिविहीन महिला राष्ट्रिय टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।
नेपालको टोलीले हालै काठमाडौंमा १० दिने तालिम पूरा गरेको छ र त्यसपछि नोभेम्बर २ देखि ८ सम्म पोखरा क्रिकेट मैदानमा अभ्यास सत्र सञ्चालन गर्ने कार्यक्रम छ।
| क्र.सं | खेल | मिति / समय | मैदान |
|---|---|---|---|
| १ | नेपाल बनाम श्रीलंका | १२ नोभेम्बर २०२५ / बिहान ९:०० बजे | कर्नेल सिंह स्टेडियम, नयाँ दिल्ली |
| २ | नेपाल बनाम भारत | १४ नोभेम्बर २०२५ / दिउँसो २:०० बजे | एमएएचई ग्राउन्ड, बेंगलोर |
| ३ | नेपाल बनाम इङ्ग्ल्यान्ड | १५ नोभेम्बर २०२५ / बिहान ९:०० बजे | एमएएचई ग्राउन्ड, बेंगलोर |
| ४ | नेपाल बनाम अमेरिका | १६ नोभेम्बर २०२५ / बिहान ९:०० बजे | एमएएचई ग्राउन्ड, बेंगलोर |
| ५ | नेपाल बनाम अष्ट्रेलिया | १८ नोभेम्बर २०२५ / समय तोकिएको छैन | एयरफोर्स ग्राउन्ड, कोलम्बो |
| ६ | नेपाल बनाम पाकिस्तान | १९ नोभेम्बर २०२५ / दिउँसो २:०० बजे | एयरफोर्स ग्राउन्ड, कोलम्बो |
| ७ | फाइनल खेल | २३ नोभेम्बर २०२५ / बिहान १०:०० बजे | कोलम्बो (मैदान टुंगो लागेको छैन) |
यो विश्वकपलाई दृष्टिविहीन महिलाको खेल क्षेत्रको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। प्रतियोगिताले समावेशी खेलकुदको प्रवर्द्धन र महिला सशक्तीकरणमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।
क्रिकेट एशोसिएशन अफ द ब्लाइण्ड, नेपालले नेपाली टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउने विश्वास व्यक्त गरेको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्