काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (CAVA) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ।
आज ढाकास्थित इन्डोर हलमा भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जीत हात पारेको हो। यस जितसँगै तीन खेलमा नेपालले चार अंक बटुलेको छ।
नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१८ को नतिजासहित माल्दिभ्समाथि आफ्नो प्रभुत्व कायम राख्यो।
यसअघि नेपाल पहिलो खेलमा तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। नेपालले प्रतियोगिताको चौथो खेल अफगानिस्तानविरुद्ध ९ कात्तिकमा खेल्ने छ।
यस जितले नेपालका खेलाडीहरूलाई आत्मविश्वास थपेको छ र बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शनको संकेत दिएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्