लियोनेल मेस्सीको चमक कायम, इन्टर मियामीलाई एमएलएस प्लेअफमा शानदार सुरुवात
स्टार फुटबलर लियोनेल मेस्सीले मेजर लिग सकर (एमएलएस)मा सर्वाधिक गोल गर्दै गोल्डन बुट ट्रफी जितेपछि पनि आफ्नो शानदार प्रदर्शन जारी राखेका छन्।
अर्जेन्टिनाका यो दिग्गज स्ट्राइकरले दुई गोल गर्दै आफ्नो टिम इन्टर मियामीलाई न्यासभिल एससीमाथि ३–१ को विजयसहित मेजर लिग सकर प्लेअफको दमदार सुरुवात गराएका छन्।
मेस्सीले पहिलो हाफमा डाइभिङ हेडरमार्फत पहिलो गोल गरेका थिए भने खेलको ९६औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।
इन्टर मियामीले यही बिहीबार मेस्सीसँग तीन वर्षको नयाँ सम्झौता विस्तार गरेको घोषणा गरेको थियो।

टिप्पणी लेख्नुहोस्