त्रिदेशीय महिला फुटबल: नेपाल इरानसँग ३–० गोल अन्तरले पराजित
काठमाडौँ – भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानसँग ३–० गोल अन्तरले पराजित भएको छ।
शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा खेलिएको खेलको पहिलो हाफमा नेपालले इरानलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। तर दोस्रो हाफमा सम्हालिन नसक्दा इरानले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
यस जितसँगै इरानले ६ अंक बनाउँदै तीन राष्ट्रको त्रिदेशीय प्रतियोगितामा उपाधि सुरक्षित गरेको छ। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई पनि पराजित गरेको थियो।
नेपालले आफ्नो अन्तिम खेल सोमबार भारतविरुद्ध खेल्नेछ। यस खेलबाट नेपालले आफ्नो प्रदर्शन सुधार्ने प्रयास गर्नेछ।
टिप्पणी लेख्नुहोस्