बाजुरामा प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता सम्पन्न
बाजुरा । प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । बुढिगंगा नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित उक्त खुल्ला पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भएको हो ।
वडा कार्यालयद्वारा आयोजित प्रथम बुढिगंगा खुल्ला पुरुष भलिवल प्रतियोगिता समापन गरिएको बुढिगंगा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हेमराज जोेशीले बताए । उनका अनुसार कबड्डी प्रतियोगिताको उपाधि आयोजक टिम ‘ए’ ले हात पारेको बताएका छन् ।
त्यस्तै प्रतियोगितामा द्धितिय आयोजक टिम ‘बी’ भएको छ । प्रतियोगितामा प्रथम द्धितिय हुने टिमलाई क्रमश ४५ हजार ५ सय ५५ र १५ हजार ५ सय ५५ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रथम बुढिगंगा कबड्डी प्रतियोगितामा पाँच टिम सहभागी थिए । युवा खेलाडीहरुलाई प्रोत्साहित गर्न र खेलप्रति जागरुकता बढाउन भानोदय मावि नौबिसमा सञ्चालित कबड्डी प्रतियोगिता सकिएको हो ।
कबड्डी समापन कार्यक्रममा बोल्दै बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले खेल क्षेत्र आफैंमा स्वस्थ समाज निर्माणको आधार भएकोले खेल क्षेत्रको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

टिप्पणी लेख्नुहोस्