लेख विवरण

सन्तोषी श्रेष्ठद्वारा अर्को राष्ट्रिय कीर्तिमान, साउथ एसियन सिनियर एथ्लेटिक्समा कांस्य पदक

सन्तोषी श्रेष्ठद्वारा अर्को राष्ट्रिय कीर्तिमान, साउथ एसियन सिनियर एथ्लेटिक्समा कांस्य पदक

काठमाडौँ । सन्तोषी श्रेष्ठले साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै नेपाललाई अर्को पदक दिलाएकी छन्।

भारतको राँचीमा भएको च्याम्पियनसिपमा सन्तोषीले महिला १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जितेकी हुन्। यससँगै उनले कान्छीमाया कोजुले सन् २००६ को साउथ एसियन गेम्समा बनाएको ३५ मिनेट ०३.४३ सेकेन्डको १९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।

यसअघि सन्तोषीले महिला ५ हजार मिटर दौडमा पनि कान्छीमायाकै कीर्तिमान भङ्ग गरेकी थिइन्। उनले १६ मिनेट ४९ सेकेन्डको पुरानो समय तोड्दै १६ मिनेट ३६.६१ सेकेन्डमा दौड पूरा गर्दै कांस्य पदक जितेकी थिइन्।

प्रतियोगितामा नेपालले दुई रजत र चार कांस्य पदक सहित कुल छह पदक हात पारेको छ। नेपालका लागि सोमबहादुर कुमाल (पुरुष ८०० मिटर) र राजन रोकाय (पुरुष १० हजार मिटर) ले रजत पदक जिते। मुकेश पाल (पुरुष ५ हजार मिटर), सन्तोषी श्रेष्ठ (५ हजार र १० हजार मिटर) तथा ४ गुणा ४ मिक्स रिले टोलीले कांस्य पदक जितेका हुन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.