एनपिएल २०२५ः लुम्बिनी लायन्सले इटालीका थोमस ड्राका भित्र्यायो
काठमाडौँ। नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत रोहित पौडेलको टिम लुम्बिनी लायन्सले इटालीका क्रिकेटर थोमस ड्राकालाई टोलीमा समावेश गरेको छ।
२५ वर्षीय दायाँ हाते पेसर ड्राकाले ७ वटा T20I खेलिसकेका छन्।
उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अनुभव हासिल गर्दै ILT20 मा MI Emirates र GT20 Canada मा समेत प्रतिस्पर्धा गरिसकेका छन्।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ड्राकाको अनुभवले टोलीको बलिङ लाइन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

टिप्पणी लेख्नुहोस्