पाँचथर दुतिया मेला भलिबलको उपाधि झापा गाउँपालिकालाई
फिदिम। पाँचथरमा सम्पन्न दुतिया मेला भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ।
फाल्गुनन्द गाउँपालिका–६ र ७ को सिमानामा रहेको ओसागु बजारमा आयोजित प्रतियोगिताको फाइनलमा झापाले तेह्रथुमको फेदाप गाउँपालिकालाई पराजित गर्दै उपाधि हात पारेको हो।
जितसँगै झापाले १ लाख ३३ हजार रुपैयाँ पुरस्कार राशीसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता फेदाप गाउँपालिकाले ८० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ।
भाइटीकाको दिनदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी भएका थिए। फाइनलमा झापाले फेदापलाई हराउँदै लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
विजेता र उपविजेता टिमका खेलाडीहरूलाई कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुरस्कार वितरण गरेका थिए।

टिप्पणी लेख्नुहोस्