काभा कपमा नेपाल श्रीलङ्कासँग सोझो सेटमा पराजित
काठमाडौँ । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा सोमबार श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजय बेहोरेको छ।
ढाकास्थित इन्डोर हलमा भएको खेलमा नेपाल १८–२५, १७–२५ र २०–२५ को सेटमा पराजित भएको हो।
यो पराजयसँगै नेपालले प्रतियोगिताको लिग चरणमा पाँच खेलबाट चार अंक जोड्दै पाँचौँ स्थानमा सीमित रह्यो। अब नेपालले मङ्गलवार माल्दिभ्ससँग पाँचौँ स्थानका लागि प्लेअफ खेल्नेछ।
नेपालले यसअघि तुर्कमेनिस्तान र अफगानिस्तानसँग समान ३–० को सेटमा तथा बङ्गलादेशसँग ३–२ को सेटमा पराजय बेहोरेको थियो। नेपालले किर्गिस्तानलाई भने ३–० को सेटमा पराजित गरेको थियो।

टिप्पणी लेख्नुहोस्