लेख विवरण

‘एल क्लासिको’मा रियल म्याड्रिड विजय

‘एल क्लासिको’मा रियल म्याड्रिड विजय

काठमाडौँ, कात्तिक १० गते। स्पेनिस ला लिगा अन्तर्गतको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले बार्सिलोनामाथि जीत दर्ता गरेको छ।

आइतबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियलले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको हो। रियलका लागि किलियन एमबाप्पेले खेलको २२औँ मिनेटमा गोल गरे भने जुड बेलिङ्घमले ४३औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।

बार्सिलोनाका लागि फिर्मिन लोपेजले ३८औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो। ५२औँ मिनेटमा एमबाप्पेले पेनाल्टी मौका गुमाएपछि रियलले थप अग्रता बनाउने अवसर हातबाट फुत्काएको थियो।

खेलको अन्त्यतिर दुबै टोलीका खेलाडीले रातो कार्ड पाएपछि खेल १०–१० खेलाडीबीच समाप्त भएको थियो।

यो जितसँगै रियल म्याड्रिडले १० खेलबाट २७ अंक जोड्दै शीर्षस्थानमा बलियो पकड कायम गरेको छ। पराजित बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ।

अन्य खेलमा रायो भालेकानोले डिपोर्टिभो अलाभेसलाई १–० गोलले र सेल्टा भिगोले ओसासुनालाई ३–२ गोलले पराजित गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.