एनपिएल २०२५ः काठमाडौं गोर्खाजद्धारा पहिलो विदेशी खेलाडीका रुपमा रिकार्डो भास्कोनेसेलोस अनुबन्ध
काठमाडौँ। नेपाल प्रिमियर लिग (NPL) दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ।
दक्षिण अफ्रिकाको यू–१९ क्रिकेट टिमबाट खेलिसकेका रिकार्डोले नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेलिसकेका छन्। साथै, उनी भाइटालिटी ब्लास्टमा पनि सहभागी छन्।
भाइटालिटी ब्लास्टको गत सिजनमा रिकार्डोले १४२ भन्दा माथिको स्ट्राइक रेटमा १५ खेलमा ३४२ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।
गोर्खाजका व्यवस्थापकले रिकार्डोको अनुभव र आक्रामक ब्याटिङले टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

टिप्पणी लेख्नुहोस्