लेख विवरण

पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाद्वारा एन्फाको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै सुधारको माग

पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाद्वारा एन्फाको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै सुधारको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको भारत भ्रमणबारे गम्भीर प्रश्न उठाएका छन्।

शेर्पाले सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति दिँदै भनेका छन् कि महिला टोलीलाई अव्यवस्थित र असमयमै विदेश पठाइएको छ, जुन कार्य एन्फाको गैरजिम्मेवारपनको उदाहरण हो।

उनका अनुसार अन्तर्राष्ट्रिय फुटबलको परम्परा अनुसार कुनै पनि खेल वा भ्रमण तय हुनु अघि सम्बन्धित पक्षबीच यात्राको मिति, खेलको मिति र समय, यात्रा योजना (Travel Itinerary), उडानको मिति, आवास, खाना, होटलको स्तर र अन्य सुविधाहरूमा स्पष्ट सहमति हुनुपर्छ।

शेर्पाले भनेका छन्,
“फुटबलको प्रचलन अनुसार कुनै पनि खेल खेल्न तय हुनु अघि नै सहमति हुनुपर्ने बुँदाहरू — यात्राको तिथि र समय, खेल खेल्ने तिथि र समय, ट्राभल इटिनरेरी, उडानको तिथि र समय, बसोबास, खाना, होटलको स्तरमा र अन्य सुविधाहरूमा सहमति भएपछी मात्रै खेल खेल्न जाने निर्णय गर्ने परम्परा हो।”

तर, शेर्पाका अनुसार यसपटक महिला खेलाडीहरूलाई बिना तयारी र अनौपचारिक रूपमा देश बाहिर पठाइएको छ, जसले खेलाडीहरूको मनोबलमा असर पारेको छ।

उनले थपे, “नेपाली राष्ट्रिय महिला खेलाडीहरूलाई के कति कारणले यस्तो Unschedule र अव्यवस्थित तरिकाले देश बाहिर पठाउनु एन्फाको गैरजिम्मेवारपन निन्दनीय छ।”

अन्त्यमा उनले “जय नेपाली फुटबल!” भन्दै संघले आगामी दिनमा यसप्रकारका त्रुटिहरू दोहोर्याउन नहुने आग्रह गरेका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.