लेख विवरण

‘गलकोट कप’ भलिबल प्रतियोगिता कात्तिक १७ देखि सुरु हुने, आकर्षक पुरस्कारसहित तयारी अन्तिम चरणमा

‘गलकोट कप’ भलिबल प्रतियोगिता कात्तिक १७ देखि सुरु हुने, आकर्षक पुरस्कारसहित तयारी अन्तिम चरणमा

बागलुङ, कात्तिक ११ गते । भलिबलको उर्वरभूमि मानिने पश्चिम बागलुङको गलकोट नगरपालिकामा हुने ‘गलकोट कप’ भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल संघको समन्वयमा हुने यो प्रतियोगिता कात्तिक १७ देखि ३० गतेसम्म सञ्चालन हुने संयोजक होम थापाले जानकारी दिए।

प्रतियोगिता खुला वडास्तरीय हुने छ। यस अन्तर्गत प्रथम हुने टोलीलाई रु. २ लाख १ हजार १११, द्वितीयलाई रु. १ लाख १ हजार १११, र तृतीय टोलीलाई रु. ५० हजार १११ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

भलिबल प्रतियोगितासँगै भेट्रान्स भलिबल पनि ‘गलकोट कप’को अर्को आकर्षण हुनेछ। भेट्रान्स वर्गमा प्रथम हुने टोलीले रु. १ लाख, द्वितीयले रु. ६० हजार र तृतीय टोलीले रु. ३५ हजार, साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

यस वर्षको ‘गलकोट कप’लाई मनोरञ्जनमय बनाउन आयोजकले विभिन्न सांस्कृतिक तथा स्थानीय आकर्षणहरू पनि राखेका छन्। कार्यक्रममा आमा समूहको बाजा नाच, सामूहिक लोकनृत्य, एकल नृत्य, पालिकास्तरीय महिला भलिबल प्रतियोगिता, माछा छोप्ने प्रतियोगिता, र हेलिकप्टरमार्फत गलकोटको दृश्य अवलोकन समेत रहने संयोजक थापाले जानकारी दिए।

त्यसैगरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूका सांगीतिक प्रस्तुति पनि ‘गलकोट कप’को विशेष आकर्षण बन्नेछन्। आयोजकले गलकोट कपमार्फत जिल्लामा खेलकुद, पर्यटन र संस्कृतिको समन्वित प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताएका छन्।

👉 मुख्य आकर्षणहरू:

  • खुला वडास्तरीय भलिबल प्रतियोगिता

  • भेट्रान्स भलिबल

  • आमा समूह नृत्य, लोकनृत्य र सांगीतिक प्रस्तुति

  • हेलिकप्टर अवलोकन र सांस्कृतिक कार्यक्रम

टिप्पणी लेख्नुहोस्

Please Login to comment.