काभा नेसन्स कप भलिबलमा नेपाल पाँचौँ
काठमाडौँ, कात्तिक ११ गते। बङ्गलादेशमा जारी काभा नेसन्स कप भलिबल प्रतियोगितामा नेपालले पाँचौँ स्थान हासिल गरेको छ।
६ टोली सहभागी प्रतियोगितामा नेपालले मङ्गलबार माल्दिभ्सलाई ३–१ को सेटमा पराजित गर्दै पाँचौँ स्थान सुनिश्चित गरेको हो। ढाकास्थित इन्डोर हलमा प्लेअफ खेलमा नेपालले माल्दिभ्समाथि २९–२७, २५–२०, ३५–३७, २५–१९ को सेट नतिजा निकालेको हो। यसअघि नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो।
नेपालको यात्रा सोमबार श्रीलङ्कासँगको खेलमा ३–० ले पराजित हुनुबाट सुरु भएको थियो। यस्तै नेपालले अफगानिस्तान र तुर्कमेनिस्तानसँग ३–० र बङ्गलादेशसँग ३–२ को सेटमा हार बेहोरेको थियो।
प्रतियोगितामा नेपालले सम्मानजनक प्रदर्शन गरे पनि शीर्ष चारमा स्थान बनाउन नसक्दा पाँचौँ स्थानमा सन्तोष गर्नु परेको छ।

टिप्पणी लेख्नुहोस्