लेख विवरण

डब्लुकेएफ सिरिज वानमा स्वर्ण विजेता एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघद्वारा सम्मान

डब्लुकेएफ सिरिज वानमा स्वर्ण विजेता एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघद्वारा सम्मान

काठमाडौँ, कात्तिक ११ गते। हालै मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वान प्रतियोगितामा स्वर्ण पदक जितेकी नेपाली करातेकी प्रतिभा एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघले एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

संघले मङ्गलबार आयोजित कार्यक्रममा एरिकासँगै उनका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो। खेलाडी र प्रशिक्षकलाई नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह, तथा महासचिव दावा लामाले सम्मान गरे।

एरिका गुरुङले सिरिज वानमा ६८ केजी तौल समूहमा स्वर्ण पदक जित्दै नेपालको कराते इतिहासमा नयाँ कीर्तिमान बनाएकी हुन्। यो सिरिज वान प्रतियोगितामा नेपालले जितेको पहिलो पदक हो।

कार्यक्रममा बोल्दै अध्यक्ष युवराज लामाले एरिकाको जितले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको बताउँदै यसले भावी पुस्तालाई खेलकुदप्रति प्रेरणा प्रदान गर्ने उल्लेख गरे।

त्यसै अवसरमा संघले आगामी विश्व कराते च्याम्पियनसिप (इजिप्ट)का लागि छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा र सम्मानपत्रद्वारा सम्मान गरेको थियो।

संघका पदाधिकारीहरूले आगामी दिनमा कराते खेलको विकासका लागि थप प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता पनि जनाएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.