बजाज पल्सरले एनपिएल क्रिकेटमा उत्कृष्ट खेलाडीलाई बाइक पुरस्कार दिने
काठमाडौँ, कात्तिक १३ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा बजाज पल्सर प्रायोजकको रूपमा सहभागी भएको छ।
एनपिएलका उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल उपलब्ध गराउने सम्झौता नेपाल क्रिकेट संघ (क्यान)सँग भएको हो। सम्झौता पत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौताअनुसार, एनपिएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र सर्वोत्कृष्ट उदीयमान खेलाडीलाई नयाँ १६० सिसी पल्सर बाइकबाट सम्मान गरिनेछ।
दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ।

टिप्पणी लेख्नुहोस्