लेख विवरण

लुम्बिनी लायन्सले शाइन रेसुंगा बैंकलाई बनायो ‘होम बैंक पार्टनर’

लुम्बिनी लायन्सले शाइन रेसुंगा बैंकलाई बनायो ‘होम बैंक पार्टनर’

साझेदारीले खेलाडीमा लगानी सहज बनाउने, लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान

सिद्धार्थनगर, कार्तिक १२ – नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई आफ्नो ‘होम बैंक पार्टनर’को रुपमा चयन गरेको छ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरे।

लुम्बिनी लायन्सका म्यानेजर आचार्यले भने, “शाइन रेसुंगा बैंक लुम्बिनी प्रदेशमा स्थापित एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले हामीले साझेदारीको निर्णय गरेका हौं। बैंकसँगको सहकार्यले खेलाडीमा लगानी गर्न सजिलो बनाएको छ र टिमको हौसला पनि बढेको छ।”

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले पनि क्रिकेट खेलको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसँग सहकार्य गरिनु सकारात्मक कदम भएको बताए।

बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले भने, “नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिमसँग हाम्रो साझेदारीले लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिएका छौं।”

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु हुँदैछ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

शाइन रेसुंगा बैंकले यसअघि १६ हजार विरुवा रोप्ने कार्यक्रममार्फत वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्‍याएको छ। बैंकले डिजिटल वित्तीय साक्षरता अभियान, पत्रकारिता, सामाजिक र धार्मिक क्षेत्रमा समेत सक्रिय योगदान गर्दै आएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको र आगामी दिनमा खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय सहकार्य गर्ने योजना बनाएको जनाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.