पथरी–११ फुटबल क्लबले सार्वजनिक गर्यो पथरीशनिश्चरे गोल्डकपको ट्रफी र खेल तालिका
प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय ८ टोली प्रतिस्पर्धा, विजेताले पाउने पाँच लाख पुरस्कार
उर्लाबारी, कात्तिक १२ – पथरी–११ फुटबल क्लबले पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरेको छ।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा क्लबले आगामी कात्तिक १५ देखि २२ गतेसम्म प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको थियो।
प्रतियोगितामा सहभागि हुने टोलीहरू यस प्रकार छन्:
-
गत वर्षको विजेता विग्रेड ब्वाईज क्लब, ललितपुर
-
एनआरटी क्लब, काठमाडौँ
-
सङ्कटा फुटबल क्लब
-
झापा ११ फुटबल क्लब
-
सलहेश फुटबल क्लब, सिराहा
-
पाँचथर फुटबल क्लब, फिदिम
-
आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लब
-
सिलिगुडी कञ्चनजङ्घा फुटबल क्लब, भारत (अन्तर्राष्ट्रिय क्लब)
क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान व्यक्त गरे। विजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन्। प्रथम पुरस्कार इन्ट्रा फाउण्डेसन अमेरिकाले प्रदान गर्ने भएको छ।
प्रतियोगिता दर्शकमैत्री बनाउने उद्देश्यले ८ लाख रुपैयाँ खर्च गरेर दुई हजार दर्शक अटाउने बाँसको प्याराफिट निर्माण गरिएको छ।

टिप्पणी लेख्नुहोस्