नामिबियाका कप्तान जेर्हाड इरसमस दोस्रो संस्करणको एनपीएलमा काठमान्डु गोर्खाजबाट खेल्ने
आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर दुई पटक जितेका इरसमसले पहिलो संस्करणमा शानदार प्रदर्शन गरेका थिए
काठमाडौँ, कात्तिक १२ – नामिबियाका कप्तान जेर्हाड इरसमस दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।
काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले इरसमसलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। इरसमसले सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन्।
३० वर्षीय इरसमसले सन् २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए। २०२४ मा प्राप्त यो सम्मानको क्रममा, इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्ध विश्व क्रिकेट लिग–२ को खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन मानिन्छ।
एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा इरसमसले उत्कृष्ट प्रदर्शन गरे। उनले सात खेलमा स्ट्राइक रेट १३७ भन्दा माथि कायम गर्दै ११० रन बनाउनुका साथै औषत ११.९० मा ११ विकेट लिए।
यससँगै, काठमान्डु गोर्खाजले दोस्रो संस्करणमा विदेशी अनुभव र कप्तानी क्षमताको बलमा बलियो टिम बनाउने लक्ष्य राखेको छ।

टिप्पणी लेख्नुहोस्